IME Life New

नयाँ वर्षको अवसरमा सनराइज क्यापिटलले ल्यायो लगानी व्यवस्थापन सम्बन्धी नयाँ योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ वर्ष २०८० को पावन अवसरमा यस सन्राईज क्यापिटल लिमिटेडले वर्तमान पुंँजी वजारको अवस्थालाई ध्यानमा राखी आफ्ना ग्राहक वर्गहरुलाई दीर्घकालिन लगानीमा सहभागिता गराउने तथा आकर्षक प्रतिफल उपलब्ध गराउने लक्ष सहित लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ एस आई पि पोर्टफोलियो योजना संचालनमा ल्याएको छ ।

उक्त योजनामा सहभागि हुने लगाानीकर्ताहरुले निश्चित समय अन्तरालमा निर्धारित रकम जम्मा गर्नुपर्ने हुन्छ । उक्त रकम यस कम्पनीको लगानी व्यवस्थापन विभागमा कार्यरत प्रबन्धक लगायतका दक्ष जनशक्तिद्धारा दीर्घकालिन प्रतिफल प्राप्त हुने व्यवस्थित धितोपत्रहरुको पोर्टफोलियोमा लगानी गर्ने गरिन्छ ।

Esewa
Crest

धितोपत्र बजारमा सहभागि हुन चाहने तर आफ्नो लगानी आफै व्यवस्थापन गर्न समय वा विशेषज्ञताको अभाव रहेका लगानीकर्ताहरुका लागि यो योजना एक लोकप्रिय लगानी विकल्प हो । हाल घट्दो बजार परिस्थितिमा यस योजनाले लगानीकर्ताहरुको जोखिम न्युनिकरण गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्दछ ।

यस योजनामा सहभागि हुन चाहने लगानीकर्ताहरुले न्युनतम ३ लाख लगानी गर्नुपर्नेछ, नियमित समय अन्तरालमा निर्धारित रकम जम्मा गर्नुपर्नेछ लगानी अवधि पाँच वर्षको हुनेछ र साना तथा ठूला सबै किसिमका लगानीकर्ताहरुका लागि यो योजना लाभदायि हुने क्यापिटलले जनाएको छ ।

साथै, नयाँ वर्ष २०८० को अवसरमा सम्पूर्ण लगानीकर्तामा सनराईज क्यापिटल लिमिटेड हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS