IME Life New

नयाँ वर्ष २०८० को अवसरमा नेपालपे इन्स्टन्ट मार्फत निःशुल्क फण्ड ट्रान्सफर गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ वर्ष २०८० को उपलक्ष्यमा ग्राहकहरुले नेपालपे इन्स्टन्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सक्ने अफर ल्याएको छ । बैशाख १ देखि ३१ गतेसम्म लागू हुने यस अफरमा नेपालपे इन्स्टन्ट मार्फत मोबाइल नम्बरको आधारमा कनेक्ट आइपिएस, मोबाइल बैंकिङ्ग तथा वालेटका प्रयोगकर्ताहरुलाई सजिलै फण्ड ट्रान्स्फर गर्न सकिनेछ । नयाँ वर्षमा नगदको सट्टा डिजिटल माध्यमबाट फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्न उक्त व्यवस्थाले थप सहयोग गर्ने अपेक्षा गरिएको छ ।

नेपालपे इन्स्टन्ट मार्फत फण्ड ट्रान्स्फर गर्न प्रयोगकर्ताले कनेक्ट आइपिएसको वेब अथवा मोबाईल एपमा लग इन गरी फण्ड ट्रान्स्फर भित्र नेपालपे इन्स्टन्टमा क्लिक गरी नेटवर्क भित्र कनेक्ट आइपिएस, मोबाइल बैंकिङ्ग वा वालेट मध्यको विकल्प छनोट गरी भुक्तानी प्राप्त गर्ने व्यक्तिको रजिष्टर मोबाइल नम्बर दाखिला गरी सजिलै फण्ड ट्रान्स्फर गर्न सक्दछन् । कनेक्ट आइपिएसका साथै नेपालपे इन्स्टन्टको उक्त सेवा केहि मोबाइल बैंकिङ्ग र वालेटमा पनि उपलब्ध छ ।

Esewa
Crest

एनपीएस अन्तर्गत इन्ट्रोपरएबल फण्ड ट्रान्स्फरको लागि लागू गरिएका नेपालपे इन्स्टन्टले विभिन्न उपकरण तथा नेटवर्क बीच अन्तरआबद्धता कायम गर्न सम्भब भएको छ भने सम्पूर्ण कारोबर रिटेल पेमेन्ट स्विच मार्फत प्रोसेस हुने व्यवस्था सहित सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS