काठमाडौं । आज शेयर बजार ओरालो लागेको छ । आज नेप्शे परिसूचक २९ दशमलव ०७ अंकले घटेर १९३४ दशमलव ४७ अंकको विन्दुमा कायम भएको छ । आज कुल १ अर्ब ६५ करोड ३३ लाख ३४ हजार रपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति कित्ता शेयर मूल्य १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज कालिञ्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ५०१ रुपैयाँ कायम भएको छ । साथै मोलुङ हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ भने प्रति शेयर मूल्य १५५ रुपैयाँ कायम भएको छ । आज गरिमा डिवेन्चरको शेयर ८.१२ प्रतिशतले वृद्धि हुँदा प्रति शेयर मूल्य ८३९ रुपैयाँ कायम भएको छ ।