IME Life New

नयाँ स्टक र कमोडिटी एक्सेचेन्जको लाइसेन्सका लागि पुनः आवेदन खुला, १० दिनको म्याद थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि पुनः आवेदन खुला गरेको छ । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डले आह्वान गरेको लाइसेन्सको विरुद्धमा परेको रिट सुनुवाइका क्रममा खारेज गरे पछि १० दिनको म्याद सहित पुनः आवेदन खुला गरेको हो ।

बोर्डले २०७९ असोज २ गते नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि आवेदन खुला गरेको थियो । बोर्डले ४५ दिनको म्याद दिएर आवेदन आह्वान गरेको थियो । तर बोर्डको यस कदमलाई लिएर सर्वोच्चमा रिट निवेदन पर्यो । रिटको सुनुवाइ गर्दै सर्वोच्चले सम्पुर्ण प्रकृयाँ यथास्थितिमा रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गर्यो । सर्वोच्चले यस्तो आदेश जारी गर्दा आवेदन दिने म्याद १० दिन बाँकी थियो ।

Esewa
Crest

सर्वोच्चले रिटको पुर्ण सुनुवाइ क्रममा गत चैत २६ गते उक्त रिटलाई नै खारेज गरिदियो । रिट खारेज भए सँगै तत्कालिन अवस्थामा रोकिएको प्रकृयाँलाई सुचारु गर्ने क्रममा बाँकी रहेको १० दिनको म्याद दिइएको बोर्डले जनाएको छ । तत्कालिन समयमा एक्सचेन्जका लागि एउटा पनि आवेदन परेको थिएन । केहि संस्था तथा समुहहरु तयारिमा थिए । अव उनिहरुले आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS