Connect IPS
IME Life

नयाँ स्टक र कमोडिटी एक्सेचेन्जको लाइसेन्सका लागि पुनः आवेदन खुला, १० दिनको म्याद थप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि पुनः आवेदन खुला गरेको छ । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डले आह्वान गरेको लाइसेन्सको विरुद्धमा परेको रिट सुनुवाइका क्रममा खारेज गरे पछि १० दिनको म्याद सहित पुनः आवेदन खुला गरेको हो ।

बोर्डले २०७९ असोज २ गते नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि आवेदन खुला गरेको थियो । बोर्डले ४५ दिनको म्याद दिएर आवेदन आह्वान गरेको थियो । तर बोर्डको यस कदमलाई लिएर सर्वोच्चमा रिट निवेदन पर्यो । रिटको सुनुवाइ गर्दै सर्वोच्चले सम्पुर्ण प्रकृयाँ यथास्थितिमा रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गर्यो । सर्वोच्चले यस्तो आदेश जारी गर्दा आवेदन दिने म्याद १० दिन बाँकी थियो ।

Prabhu
Crest

सर्वोच्चले रिटको पुर्ण सुनुवाइ क्रममा गत चैत २६ गते उक्त रिटलाई नै खारेज गरिदियो । रिट खारेज भए सँगै तत्कालिन अवस्थामा रोकिएको प्रकृयाँलाई सुचारु गर्ने क्रममा बाँकी रहेको १० दिनको म्याद दिइएको बोर्डले जनाएको छ । तत्कालिन समयमा एक्सचेन्जका लागि एउटा पनि आवेदन परेको थिएन । केहि संस्था तथा समुहहरु तयारिमा थिए । अव उनिहरुले आवेदन दिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS