Connect IPS
IME Life

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको ८० लाख २५ हजार कित्ता र सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको १ करोड १२ लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो ।

नप्सेले सगरमाथा जलविद्युत कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम १११ रुपैयाँ ४१ पैसादेखि अधिकतम ३३४ रुपैयाँ २३ पैसा सम्मको मूल्य रेञ्ज तोको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर बिहिवार देखि कारोबारमा आउनेछ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि वितरण गरिएको ११ लाख २० हजार कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको ४३ लाख ६८ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५७ लाख १२ हजार कित्ता गरी कुल १ करोड १२ लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

Prabhu
Crest

कम्पनीको स्टक सिम्बोल एसएमजेसी रहेको छ । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा प्रभु क्यापिटल काठमाडौंबाट हुने जनाएको छ ।

त्यस्तै नप्सेले मोलुङ्ग हाइड्रोपावरको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६० रुपैयाँ ६२ पैसा देखि अधिकतम १८१ रुपैयाँ ८६ पैसासम्मको मूल्य रेञ्ज तोकेको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर बिहिवार देखि कारोबारमा आउनेछ । कम्पनीले स्थानिय बासिन्दका लागि वितरण गरेको ८ लाख २ हजार ५ सय कित्ता,सर्वसाधारणको लागि निष्कासन गरेको २७ लाख २८ हजार ५ सय कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ४४ लाख ९४ हजार कित्ता गरी कुल ८० लाख २५ हजार कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

कम्पनीको स्टक सिम्बोल एमएचसिएल रहेको छ । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौंमाबाट हुने जनाएको छ । अव यी दुबै कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलिदेखि कारोबारमा आउनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS