Connect IPS
IME Life

माई खोला हाइड्रोपावरले विक्री गरेको पहिलो चरणको आइपीओ बाँडफाँड सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले पहिलो चरणको आइपीओ फागुन २५ गतेदेखि चैत ९ गतेसम्म विक्री गरेको थियो । विक्री प्रबन्धकका अनुसार चैत २७ गते आइपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि विक्री गरेको हो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने स्थानीयहरूमा ३ लाख ९२ हजार १५७ कित्ता शेयर बाँडफाँड गरिएको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड गरिएको जनाएको छ । छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS