काठमाडौं । नेपाल बैंकर्स संघले निक्षेपको व्याजदर घटाउने निर्णय गरेसँगै बजारमा ३६ अंकको बृद्धि देखिएको छ । बाणिज्य बैंकहरुको छाता संघठन नेपाल बैंकर्स संघको आज बसेको बैठकले सर्वसाधारण निक्षेप ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेसँगै संस्थागत निक्षेप पनि ७.९९ प्रतिशतमा झार्ने निर्णय गरेसँगै बजारमा सुधार देखिएको हो ।
पछिल्लो आर्थिक मन्दीका कारण समग्र अर्थत्नत्र नै डाउन भइरहेको अवस्थामा बैंकहरुले व्याजदर घटाउने निर्णयगरे सँगै शेयर बजारमा केहि राहत पुग्ने भएको छ ।
यस समाचार तयार पार्दासम्म नेप्से परिसूचकमा ३६ दशमलव ०१ अंकको बृद्धि देखिएको छ । यतिबेला २०८ कम्पनकिो शेयर मुल्य बढेको छ । त्यस्तै दुई कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ । यस वेला २४५ कम्पनीको ११ लाख ३२ हजार रुपैयाँको शेयर कारोबार हुँदा ३६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।