Connect IPS
IME Life

केडिया ‘ ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डद्वारा सम्मानित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । केडिया अर्गनाइजेशनका अध्यक्ष श्री तारा चन्द केडियालाई ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डद्वारा सम्मानित गरिएको छ । केडियालाई सोमबार नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७२ औँ वार्षिक साधारण सभाको अवसरमा सम्मानित गरेको हो । उनले मुलुकको उद्योग तथा व्यापार क्षेत्रको विकास तथा विस्तारमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन गरेको योगदानको कदर गर्दै पुरस्कृत गरिएको चेम्बरले जनाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा प्रधानमन्त्री प्रचण्डद्घारा अवार्ड ताराचन्द केडियालाई प्रदान गरि सम्मान गरेका हुन् । तारा चन्द केडिया केडिया अर्गनाइजेशनका अध्यक्ष हुन् । उनले हनर्सका साथै, स्नातक उत्तीर्ण गरेका छन् । उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्भेष्टमेन्ट प्रा लि, प्रुडेन्सियल डेभलपर्स प्रा लि र वृज सिमेन्ट प्रा लि का पनि अध्यक्ष रहेका छन् ।

Prabhu
Crest

उनी गुराँस सिमेन्ट, म्याग्ना कर्पोरेशन सेक्युरिटीज र श्री स्टिल इन्डस्ट्रिज प्रालिका साथै अन्य व्यवसायहरूमा पनि संलग्नछन् । यस अघि उनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष समेत रहेका थिए । साथै शंकरलाल केडिया सेवा फाउन्डेशन, डि.ए. भी केडिया स्कूल, एस. यल. के. डेन्टल केयर सेन्टर तथा विभिन्न सामाजिक संस्थाका अध्यक्ष र आर.एम केडिया आखाँ अस्पताल, शुसिल केडिया सेवा फाउन्डेसन र एम.बि केडिया सेवा ट्रस्टका संरक्षक पनि हुन् ।

यस संस्थाले सामाजिक क्षेत्रमा समेत उत्तरदायित्व बहन कार्यक्रम अन्र्तगत महत्वपूर्ण सहयोग गरी राष्ट्र निर्माणमा योगदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS