काठमाडौं । नेपालमा आज थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि समय कोरोना संक्रमण बाट एक जनाको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट कुल २ हजार ४३६ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये, ४७६ जनामा गरिएको आरटीपीसीआर परिक्षणमा ७४ जना र १ हजार ९६० जनामा गरिएको एन्टीजेन परिक्षणमा ३२ जना संक्रमित भेटिएको हो । सोहि समय कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४९६ पुगेको छ । साथै, आज ४८ जना भने कोरोना मुक्त भएका छन् ।