IME Life New

खल्तीले ल्यायो स्मार्ट उद्यमी योजना, यस्ता छन् विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खल्तीले साना तथा मझौला व्यवसाय भएकाहरुलाई खल्ती पेमेन्ट गेटवे मार्फत आफ्नो व्यापार डिजिटल रूपमा बढाउन मद्दत गर्नका लागि अफर ल्याएको छ। ‘स्मार्ट उद्यमी’ नामक यस अफरमा खल्ती पेमेन्ट गेटवे सेवासँग एकीकृत गरि एपीआई शुल्कमा ५० प्रतिशत क्यासब्याक, निःशुल्क क्विक लिङ्क पेमेन्ट र एक वर्षको निःशुल्क एसएमएस प्यानल प्राप्त गर्नेछन्।

खल्ती पेमेन्ट गेटवे भन्नाले खल्ती डिजिटल वालेटद्वारा प्रदान गरिएको सेवा बुझिन्छ, जहाँ व्यवसायहरूलाई आफ्ना ग्राहकहरूबाट सुरक्षित र प्रभावकारी रूपमा आफ्नै वेबसाइट र एपहरूमार्फत भुक्तानीहरू स्वीकार गर्न अनुमति दिइन्छ। खल्तीको एसडिके एपीआई मार्फत, व्यवसायहरूले खल्ती वालेट, इ बैंकिङ, मोबाइल बैंकिङ, एससीटी र भिजा वा मास्टर कार्ड, र कनेक्ट आईपीएस जस्ता विभिन्न माध्यमहरूबाट भुक्तानीहरू स्वीकार गर्न सक्छन्।

Esewa
Crest

यसबाहेक, खल्तीले ३१ लाख प्रयोगकर्ताहरूलाई सेवाहरू उपलब्ध गराउँदै आएको छ, जसको कारण यति ठुलो संख्याका प्रयोगकर्ताहरु समक्ष नयाँ दर्ता हुने व्यवसायको डिजिटल माध्यामबाट सोझै प्रवर्द्धन हुन सक्नेछ।

खल्तीको स्मार्ट उद्यमी अफरहरू यस प्रकार छन्
व्यवसायहरूको पेमेन्ट गेटवे एपीआई शुल्कमा ५० प्रतिशत क्यासब्याक (अर्थात १० हजार) प्राप्त हुने, एक वर्षको लागि निःशुल्क एसएमएस प्यानल,लेनदेन शुल्कमा ३३ प्रतिशत छुट, क्विक लिङ्क भुक्तानीको पहिलो वर्षको वार्षिक शुल्कमा १०० प्रतिशत छुट, कर्पोरेट बिलहरुका लागि उद्यम खाता (इन्टरप्राइस खाता)

हालै खल्तीले ‘क्विक लिंक पेमेन्ट’ को नयाँ सेवा पनि सुरु गरेको छ जसले व्यापारीहरूलाई आफ्ना ग्राहकहरूलाई डिजिटल बिल बनाई छिट्टै भुक्तानी प्राप्त गर्न अनुमति दिन्छ। स्मार्ट उद्यमीको अफर अन्तर्गत यस सेवालाई एक वर्षसम्म बिना कुनै शुल्क प्रयोग गर्न सकिनेछ।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “डिजिटल रूपमा विकसित रहन हामीसबै प्रकारका व्यवसायहरूलाई सशक्त बनाउनमा लागि परेका छौँ र हामीले यो स्मार्ट उद्यमीु प्रस्तावलाई फेरि ल्याई व्यवसायहरूलाई त्यो लक्ष्यतर्फ प्रोत्साहित गर्न चाहान्छौं। साथै, हामी डिजिटल वालेट सेवाहरू मार्फत व्यवसायलाई उत्कृष्ट पेमेन्ट गेटवे प्रदान गर्न प्रतिबद्ध छौं।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS