Connect IPS
IME Life

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई गर्यो कारबाही

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ । व्यवसायी सँग पैसा मागेको अडियो सार्वजनिक भए पछि पार्टीले उनलाई पदबाट निलम्बन गरेर छानविन गर्ने भएको छ । उनको सांसद पद भने के हुन्छ भन्ने कुरामा भने निर्णय भइसकेको छैन ।

श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भए सँगै पार्टीले उनलाई कारबाही गरेको हो । निर्वाचकै मुखमा यस्तो अडीयो सार्वजनिक भए पछि नैतिकताका आधारमा कारबाही गर्ने भएको हो । सांसद श्रेष्ठ माथि सहकारीमा लाखौ  हिनामिना गरेको आरोप लाग्दै आएको छ । उनिमाथि पोखराको एक सहकारीको झण्डै एक करोड रुपैयाँ हिनामिना गरेको आरोप‍ छ ।

Prabhu
Crest

रास्वपाले तीन वटा निर्वाचन क्षेत्रमा हुन गइरहेको उप निर्वाचनमा उम्मेद्वार खडा गरेको छ । चितवनमा पार्टीकै अध्यक्ष रवि लामिछाने उम्मेद्वार छन् भने तनहुँमा नेपाली कांग्रेस पार्टी परित्याग गरेका अर्थशास्त्री सोर्णिम वाग्ने र बारामा रमेश खरेलले चुनाव लडिरहेका छन् ।

यस्तो छ सांसद श्रेष्ठ र प्रसाई विचको संवाद 

ढाकाप्रसाद: मुकुलजीलाई त थाहा छैन सर यो। मुकुलजी पनि कोर टिममा हुनुहुन्न के…

दुर्गा: ए।

ढाकाप्रसाद: बाहिर त महामन्त्री नै हो। अब हजुरलाई पार्टीकै कुरा गर्दा दुई तीन जना चाहि छुट्टै हुनुहुन्छ। पार्टीलाई धेरै सहयोग गर्ने, सुरूवाती क्षण देखि नै सहयोग गर्ने र त्यो टिमबाट मलाई कुरा आएको र आज मैले फिक्स गर्नुपर्छ पैसा, उताबाट हुन्न भन्छन् फेरि। दुई-साढे दुई भनेका छन् अब मैले अहिले एक दिएँ भनेपनि मान्छन्। पछि चेक दिएँ भनेपनि मान्छन् एक-दुई दिन…

दुर्गा: यो पैसा पनि तपाईंले उही रविलाई त बुझाउनुपर्ला नी हैन?

ढाकाप्रसाद: अ.. मैले रवि सरलाई भन्दा पनि रवि सरलाई देखा पर्नुभएको छैन। बाहिरको दुई जना तीन जना साथीहरू हुनुहुन्छ उहाँहरूलाई दिने हो। पार्टीलाई जान्छ भनेका छन् क्यार।

दुर्गा: तपाईंलाई मैले के ग्यारेन्टी गरेँ भने दुई करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ। तपाईंलाई म सजिलो बाटो देखाइदिन्छु। त्यसको पिर नगर्नुस्। उनीहरूसँग टाइम लिनुस् ल म दिन्छु भनेर भन्नुस्। सत्य कुरा। तपाईं र म भेट्नुपर्छ। भेटिराख्नु पनि पर्दैन। फोन पनि गर्नुपर्दैन। म जति भिडेको छु नी स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के भिडेको छ? कुरो बुझ्नुभएन? तपाईंलाई म उ दिन्छु। आइडिया दिन्छु। यो दुई करोडको ग्यारेन्टी भयो। म दिन्छु। पिर नगर्नु। तपाईं अघि बढ्नुस्। है। अब फेरि तोसिमाले लडाइँ त गर्दिनन् नी? तोसिमा कार्कीले?

ढाकाप्रसाद: हैन गर्दैनन्। गर्दैनन्। टिमले गरेपछि सक्यो। हामीले रवि सरलाई म्यान्डेट दिएका छौं। उहाँले जसलाई राख्नुभयो राख्नुभयो।

दुर्गा: ए… ल। अब यस्तो भयो नी त। तोसिमाले पैसा निकाल्न पनि सक्दिनन्। किन भन्नु न। गोविन्द केसीको मान्छे भनेको छ नी कहीँ कुरै गर्न मिल्दैन। उसँग डराउँछन्।

ढाकाप्रसाद: तिनी मन्त्री भइन् भनेपनि काम पनि छैन नी।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

60%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

40%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS