IME Life New

पेशागत बीमा अभिकर्ता संघकाे निर्वाचन सम्पन्न, केदार नाथ अधिकारीको प्यानल बिजयी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  पेशागत बीमा अभिकर्ता स‌ंघकाे केन्द्रीय नेतृत्व चयनका लागी भएकाे महाधिवेशनमा केदार नाथ अधिकारीको प्यानल नै बिजयी  भएको छ।   विवादका बीच शनिबार अबेर शुरू भएकाे मतदान आइतबार बिहान ५ बजे सम्पन्न भएकाे थियो । निर्वाचन मण्डलका अनुसार कूल  २९२ जनाले मतदान गरेकाेमा आइतबार बिहानबाट अरिकल इभेण्ट बसुन्धरामा मतगणना शुरु भएको थियो ।

निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा नारायण दाहाल,महासचिवमा ओम बहादुर खत्री विजयी भएका छन् । त्यस्तै जना क्षेत्रिय उपाध्यक्ष पदमा देवी प्रसाद जैशी शर्मा, महेशदत्त भट्ट, सनत कुमार श्रेष्ठ, दामाेदर गाैतम, सूर्य बहादुर भट्टराई, दिपक अर्याल र विमल न्याैपानेले विजय हासिल गरेका हुन् ।

Esewa
Crest

दुई जना सचिव पदका लागि भएको निर्वाचनमा बसन्तविक्रम कुँवर र कल्याणविक्रम पाण्डेले जित हासिल गरेका हुन् । महिला सचिवमा अम्बिका गाैतमले विजय हासिल गरेकी छिन् ।

सहकाेषाध्यक्षमा दुर्गा कुमारी भट्टराईले जितेकी छिन । आठ जना महिला सदस्य पदका लागी भएको निर्वाचनमा रमा बुढाथाेकी बस्नेत,सीता दाहाल, बिन्दा विष्ट थापा, नानीमाया सापकाेटा, गाेमा देवी काेइराला भण्डारी, जानुका खनाल, क्रान्ति समाल  र रेखादेवी पाेखरेल विजयी भएका छन् । त्यस्तै सदश्य पदमै मदन यादब, टंक प्रसाद न्यौपाने,  सुन्दर बोहजु, प्रविन पोखरेल, राजु भण्डारी, धर्मराज भण्डारी, निरज कुमार भट्ट महेन्द्र प्रसाद यादब, अशोक कुमार गुप्ता, राम कुमार पाण्डे, बासुदेब त्रिपाठी, शंकर बहादुर कुँवर, ऋषिकेश पोखरेल र श्याम प्रसाद भट्टराईले जितेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%
happy

खुसी

0%
sad

दु :खी

11%
amazed

अचम्मित

0%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS