IME Life New

नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा अब १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिने भएको छ । उक्त अफर नेपाल भरी रहेका नेपाल पे क्युआरका सम्पूर्ण मर्चेन्टहरुमा २०७९ चैत्र २६ गते देखि २०८० बैशाख २ गतेसम्म प्राप्त गर्न सकिन्छ ।

विभिन्न मर्चेन्टहरुमा स्टाटिक क्युआर, डिपार्ट्मेन्ट स्टोरमा डाइनामिक क्युआर इ–कमर्श पोर्टलमा क्युआर गेटवे तथा पिओएसमा उपलब्ध रहेको नेपाल पे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्टआइपिएस बाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । नयाँ वर्ष २०८० मा नेपाल भरी रहेका २ लाख ३५ हजारभन्दा बढी नेपाल पे क्युआर मर्चेन्टहरुमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।

Esewa
Crest

हाल नेपाल पे क्युारको सुविधा अधिकांश बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग र वालेटहरुमा उपलब्ध रहेको छ । नेपा पे क्युआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले क्युआर स्क्यान गर्ने अप्सनमा गई नेपाल पे लोगोे रहेको यकिन गर्नुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS