IME Life New

नाफा र बीमालेख संख्याको आधारमा रिलायबल, बीमा शुल्क आर्जनमा युनियन लाईफ अगाडी, नयाँ जीवन बीमामा अरुको अवस्था के छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

१० वटा नयाँ जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको अवस्था छ। नयाँ जीवन बीमा कम्पनीहरु मध्य सबै भन्दा ढिलो कारोवार सुरु गर्नेमा महालक्ष्मी लाईफ इन्स्योरेन्स पर्दछ।

यस आर्थिक वर्षको तेश्रो त्रैमास सम्म सबै भन्दा धेरै बीमा शुल्क आर्जनमा युनियन लाईफ इन्स्योरेन्स पर्दछ। युनियन लाईफ इन्स्योरेन्सले यस आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १ अर्ब ६२ करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ।

Esewa
Crest

युनियन लाईफ इन्स्योरेन्सपछि धेरै बीमा शुल्क आर्जन गर्नेमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स पर्दछ। रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले ८८ करोड ५७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ भने सिटिजन्स लाईफ इन्स्योरेन्सले ६५ करोड ५ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

बीमा लेख संख्याको आधारमा भने रिलायबल नेपाल लाईफ इन्स्योरेन्स अगाडी छ। रिलायबल नेपाल लाईफ इन्स्योरेन्समा  ४ लाख ४९ हजार कुल बीमा लेख संख्या कायम छन्। त्यस्तै दोश्रोमा युनियन लाईफ इन्स्योरेन्स पर्दछ। युनियन लाईफ इन्स्योरेन्समा हाल सम्म १ लाख २५ हजार कुल बीमा लेख संख्या कायम छन्। तेश्रोमा सिटिजन्स लाईफ इन्स्योरेन्स पर्दछ। सिटिजन्स लाईफ इन्स्योरेन्समा हाल सम्म ९३ हजार बीमा लेख संख्या कायम छन्।

चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्मलाई आधार मान्दा रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको खुद नाफा सबै भन्दा धेरै छ। उपलब्ध तथ्यांकलाई आधार मान्दा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले १५ करोड ४२ लाख खुद नाफा गरेको छ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स पछि खुद नाफा धेरै गर्नेमा सिटिजन्स लाईफ इन्स्योरेन्स पर्दछ। सिटिजन्स लाईफ इन्स्योरेन्सले १२ करोड १४ लाख खुद नाफा गरेको छ। तेश्रोमा युनियन लाईफ इन्स्योरेन्स कम्पनी पर्दछ। युनियन लाईफ इन्स्योरेन्सले १० करोड ६० लाख खुद नाफा गरेको छ। जीवन बीमा कम्पनीकोहक मा भने बीमाङ्किया मुल्यांकन पश्चात वास्तविक नाफा निस्कने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS