IME Life New

आज अन्तिम दिन मकर जितुमायाको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चैत १९ गते आइतबार देखि निष्काशन गरेको आइपीओ आज अन्तिम दिनसम्मा १३ लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्ल्यिरिङ्गका अनुसार बुधबार साँझ ५ः०३ बजेसम्ममा १३ लाख २५ हजार ८४७ आवेदकबाट एक अर्ब ४७ करोड ३५ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ३५ हजार ५३० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ आयोजना प्रभावित स्थानिय बासिन्दालाई र निष्काशन गरिसकेको छ ।

Esewa
Crest

त्यसमध्ये ३ प्रतिशत अर्थात ८० हजार ७० कित्ता शेयर सामुहकि लगानी कोषका योजनाहरुको लागि र २ अर्थात ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS