IME Life New

महिला उद्यमशीलताको विकासका लागि मेटलाइफ फाउन्डेसनद्वारा स्वावलम्बन विकास केन्द्रसँग सहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेट लाइफ फाउन्डेसनले नेपालका विभिन्न लघुवित्त संस्थाहरुसँग आबद्घ महिला उद्यमीहरुको आर्थिक अवस्था सुदृढ गर्ने तथा उनीहरुलाई डिजिटल ज्ञान प्रदान गर्ने उद्देश्यका साथ स्वावलम्बन विकास केन्द्र (सिएसडि) नेपालसँग सहकार्य गरेको छ । यस पहल बमोजिम, सिएसडिले विभिन्न लघुवित्तमा आबद्घ महिला उद्यमीहरुलाई सञ्जाल विकासको अवसर, विशेषज्ञबाट व्यवसायिक सल्लाहसुझाव, तथा व्यापक प्रशिक्षण प्रदान गरि उद्यमशीलताको दक्षता बढाउने कार्य गर्नेछ ।

यस सहकार्यले नेपालमा उदीयमान महिला उद्यमीहरुका लागि समावेशी व्यवसायिक वातावरण श्रृजना गर्ने लक्ष्य राखेको छ । उद्यमशीलता र नवप्रवर्तन तालिम, वित्तीय तथा डिजिटल ज्ञान सम्बन्धी कार्यक्रम, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारमा पहुँच, तथा देशैभर सञ्जाल विकास जस्ता कार्यक्रमहरु मार्फत करिब ५,००० महिला उद्यमीहरुको उत्थानका लागि यस सहकार्य अन्तर्गत कुल ५०,००० अमेरिकी डलर प्रयोग गरिनेछ । यस परियोजनाका लागि एमएससि ग्लोबल कन्सल्टिङ्ग नामक एक परामर्श कम्पनीले नेपालभरका विभिन्न लघुवित्त संस्थाहरुमार्फत समन्वय गर्न सिएसडि नेपालसँग सम्झौता गरेको छ ।

Esewa
Crest

मेटलाइफ फाउन्डेसनले महिला नेतृत्वमा रहेका व्यवसायहरुलाई लक्षित गरि शुरुवात गरिएको यस सहयोगको उद्देश्य व्यवसायमा महिलाहरुको सहभागितालाई बढाउनु र बजारको संवेदनशीलताबाट सुरक्षा प्रदान गर्नु रहेको छ । साथै यसले डिजिटल प्रवृत्ति तथा वित्तीय विशेषज्ञताको परिचय मार्फत महिला उद्यमीहरुको डर हटाउन र उनीहरुलाई दीगो जीविकोपार्जनका लागि असल निर्णयहरु लिन आत्मविश्वास प्रदान गर्न समेत मद्दत गर्नेछ । यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भारत, बंगलादेश, नेपाल र भियतनाममा समावेशीता र स्वतन्त्रता मार्फत समानतालाई अंगाल्ने वाचास्वरुप मेटलाइफ फाउन्डेसनले यस साझेदारी परियोजनाको शुरुवात गरेको हो ।

मेटलाइफ नेपालका भाइस प्रसिडेण्ट तथा महाप्रबन्धक श्री निर्मलकाजी श्रेष्ठका अनुसार, “मेटलाइफ फाउन्डेसनको यस सहकार्यको शुरुवातले महिला उद्यमीहरुका लागि आवश्यक श्रोतहरुमा पहुँच प्रदान गर्नेछ । साथै यसले महिला उद्यमीहरुको व्यवसाय विस्तारकालागि उनीहरुको प्राविधिक तथा डिजिटल क्षमता वृद्घि गर्दै स्थानीय तथा अन्तर्राष्ट्रिय बजारको समेत अनुभव लिन मद्दत गर्नेछ ।”

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS