Connect IPS
IME Life

सस्तोमा शेयर उठाउने हाबी हुँदा ८ अंकको सुधार, मौका कुरिरहेका लगानीकर्ताले खरिद गर्न थाले

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार घटेर तल्लो विन्दुमा झर्दा सस्तो मूल्यमा शेयर उठाउने हाबी हुँदा बुधबार नेप्से सूचक ८.३९ अंकले सुधार भएको छ । आज नेप्से सूचक १८५७ अंकसम्म तल झर्यो । पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताले शेयर खरिद गर्न थाले पछि एकाएक सुधार हुँदा १८७५.०७ अंकमा रोकिएको छ ।

आज १४६ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने ६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । उत्पादनमुलक, निर्जीवन र व्यापारको सूचक घटेको छ भने बाँकी सूचकमा सुधार देखिएको छ । बाणिज्य बैंक र हाइड्रोपावरमा देखिएको सुधारले पनि बजार बढाउन सपोर्ट गरेको छ ।

Prabhu
Crest

लगानीकर्ताले अझै चैत २७ गतेसम्म शेयर बिक्री गर्दा कर र व्याज जोहो गर्न सक्छन् । साथै कतिपय लगानीकर्ताले गएका दिनमै शेयर बिक्री गरेर आफ्नो खर्च व्यवस्थापन गरिसकेका छन् । यस क्रमले केहि दिन निरन्तरता पाउनेछ ।

यस पछि शेयर बजारमा सुधार देखिन थाल्ने विश्लेषकहरु बताउछन् । बैशाख महिना शेयर बजारको लागि सिजन हो । जतिवेला बजार बढ्न सुरु हुन्छ । तेस्रो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक हुने र यस अवधिसम्मको कर र किस्ताको जोहो भइसक्ने हुनाले बैशाख महिना बजार सुधार हुने महिना अन्तर्गत पर्छ । तर समग्र अर्थतन्त्र नै स्लो डाउन भइरहेकाले लगानीकर्तामा अझै पनि कन्फिडेन्स छैन ।

यस वर्ष गएका वर्षको तुलनामा फरक सिनारियो देखिएकाले पनि बजार अझै के हुन्छ भन्ने अनुमान लगाउन सकिने अवस्था छैन । तर साना तथा ठुला लगानीकर्ताले आफु सँग भएको बचतलाई शेयरमा विस्तारै लगानी गर्न सुरु गरिसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS