Connect IPS
IME Life

भक्सक्रो र सफ्टवयर डेभलपमेन्ट कम्पनी रिगोबीच कल सेन्टर म्यानेजमेन्टका लागि सहकार्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आवाजमा आधारित कम्पनी भक्सक्रो र सफ्टवयर डेभलपमेन्ट कम्पनी रिगोबीच कल सेन्टर म्यानेजमेन्टका लागि सहकार्य घोषणा भएको छ । रिगोको कल सेन्टर व्यवस्थापनका लागि सो सम्झौता गरिएको भक्सक्रोले जनाएको छ ।

सम्झौता अनुसार, रिगोको कल सेन्टर सेवा तथा आफ्ना ग्राहकहरूमा गुणस्तरीय सेवा प्रदानका लागि सो सहकार्य गरिएको हो । सम्झौता अनुसार, रिगोले आफ्नो कल सेन्टर व्यवस्थापनका लागि भक्सक्रोको गेटडेक्स प्रविधि अपनाउनेछ । आइएमई ग्रुप अन्तर्गत सञ्चालति रिगो नेपालको अग्रणी मानव संसाधन तथा इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी)का लागि काम गर्दै आइरहेको कम्पनी हो ।

Prabhu
Crest

भक्सक्रोको गेटडेक्स प्रविधि ८५ भन्दा बढी व्यवसायिक तथा अन्य संस्थाहरूले अपनाइसकेका छन् । फोनपे, बुद्ध एयर, नर्भिक इन्टरनेसनल हस्पिटल, केयर नेपाल, फुडमान्डु लगायतका संस्थाहरूले गेटडेक्समार्फत कल सेन्टर म्यानेजमेन्ट गर्दै आइरहेका छन् ।

कम्पनीका अनुसार, दिनमा सय वा सो भन्दा बढी फोन कल आउने संस्थालाई यो सेवा लिनु उपयुक्त हुन्छ । कम्पनीले त्यस्ता अन्य कम्पनीहरूलाई शुरूवाती सेटअपका लागि ५० हजारदेखि ६० हजार रुपैयाँसम्म शुल्क लिने गरेको छ । सेटअप पछि मासिक ४ हजार वा ५ हजारमै गेटडेस्कको सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS