Connect IPS
IME Life

लगानीकर्ताले व्याज र किस्ता जोहो गर्दा बजारमा लगातार गिरावट, साढे दुई वर्षकै सर्वाधिक तल्लो विन्दुमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार लगानीकर्ताको व्याज र किस्ता जोहो गर्ने एक मात्रै विकल्प बन्दा लगातार घटिरहेको छ । लगानीकर्ताहरु तेस्रो त्रैमाशिक अवधिको व्याज र किस्ताका लागि दाववमा छन् । घरजग्गाको कारोबार ठप्प छ । पैसा उठाउने उपयुक्त विकल्प अहिलेको अवस्थामा अरु केहि पनि छैन । यसले गर्दा आफु सँग भएको शेयर बिक्री गरेर सजिलै पैसा प्राप्त गर्ने मात्रै शेयर बजार रहेको छ ।

बजार अझै घट्ने आकलन गर्दै उनिहरुले तत्कालका लागि शेयर बिक्री गर्ने रणनीति बनाएका हुन् । उनिहरुको यहि रणनीतिले दोस्रो बजारमा शेयर सप्लाइ लगातार बढिरहेको छ । शेयर सप्लाइ बढ्ने वित्तीकै पहिलो प्रभाव बजार मूल्यमा पर्छ । त्यसैले गर्दा आज मंगलबार पनि ५.२० अंकले घटेको छ ।

Prabhu
Crest

सरकारमा नेपाली कांग्रेसका अर्थमन्त्री डा. प्रकाशशरण महत छन् । नेपाली कांग्रेसबाट अर्थमन्त्री हुँदा समेत बजारले सकारात्मक प्रतिक्रिया नदिदा लगानीकर्ताहरु चकित परेका छन् । अहिले बजार घट्नुको प्रमुख कारण लगानीकर्ताहरु सँग तरलता नै नभए हो ।

अर्थमन्त्रीले जस्तो सुकै पहल कदम अगाडी बढाउदा पनि समाधानका कुनै उपाय बजारमा छैन । अहिलेको आर्थिक संकट अझै कति लामो समय रहन्छ भन्ने अनुमान लगाउन सकिएको छैन । यसले गर्दा पनि लगानीकर्ताहरु डराएका हुन् ।

अर्थतन्त्रका विभिन्न सूचक नकारात्मक देखिन्छन्, बजारमा सकारात्मक कुराकानी नै हुँदैन, प्रणालीमै समस्या देखिन थालेकाले यसको प्रभाव दीर्घकालिन पर्ने विश्लेषण आदिले पनि लगानीकर्ताहरु आत्तीएका हुन् । लगानीकर्ता डराउदा शेयर बजार साढे दुई वर्ष पछाडी फर्किएको छ । नेप्से सूचक २०७७ मंसिरमा १८८१ अंकको विन्दुलाई उछिनेर अगाडी बढेको थियो ।

मंगलबार नेप्से सूचक १८६६.६८ अंकमा रोकिएको छ । यो सूचक विगत तीन वर्षयताकै सर्वाधिक कम हो । सूचक सँगै कारोबार रकम पनि ९१ करोड ७६ लाख रुपैयाँमा सिमित भएको छ । ११६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ८६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिन्छ ।

कालिञ्चोक दर्शनको शेयर मूल्यमा सर्वाधिक सुधार हुँदा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै शिवम सिमेन्टको तीन करोड ३६ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS