काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव २० अंकले घटेर १,८६६ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको शेयर मुल्य बढेको छ भने ११६ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता शेयर किनबेच हुँदा ९१ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।