IME Life New

राजस्व अनुसन्धान विभागले गरि खान दिएनः व्यवसायी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । राजश्व अनुसन्धान विभागले व्यवसाय गरि खान नदिएको व्यवसायीहरुले गुनासो गरेका छन् । पछिल्लो महिना आफुहरुले सरकारी दररेट अनुसारको राजस्व विरगञ्ज भन्सारमा तिरेर ल्याएको सामानहरु विभागले विभिन्न आशंका र वहानामा नियन्त्रणमा लिएर दुख दिएको बताएका छन् । आफुहरुले कुनै किसिमको भन्सार छली गर्ने काम नगरेको बताउँदै तत्काल आफ्नो सामान छोड्न आग्रह समेत गरेका छन् ।

यद्यपी राजस्व अनुसन्धान विभागले करछलीको शंका लागे नियन्त्रण गरेर अनुसन्धान गर्ने आफ्नो अधिकार रहेको बताएको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले पछिल्लो समय विभिन्न भन्सार नाकाबाट आएका १९ कन्टेनर नियन्त्रणमा लिएर राजस्व छलि भए नभएको अध्ययन भइरहेको बताए । धेरै मुल्य पर्नेलाई कम मुल्य देखाउने, धेरै कर लाग्ने समानलाई कम कर लाग्ने सामानको सुचिमा राख्ने गरिएको घटनाले गर्दा आफुहरुले अनुसन्धान थालेको उनले बताए ।

Esewa
Crest

विरगञ्ज नाका भएर कपडाको आयात व्यापार गर्दै आएका न्युरोडका व्यवसायीहरुले भने वीरगञ्जको भन्सार कार्यालयलाई सामानको सरकारी मुल्याङकन अनुसार नै भन्सार तिरेको तर काठमाण्डौंमा सामानको मुल्याङकन नदिने, त्यहाँबाट पठाएपनि काठमाण्डौंमा प्रज्ञापन हेरेर मान्यता नदिने काम भएको बताएका छन् । व्यवसायीहरुको अहिले करिव दर्जनौ ट्रक सामान राजस्व अनुसन्धान विभाग हरिहरभवनमा थन्किएर बस्दा आफुहरुलाई ठुलो नोक्सान हुन थालेको बताएका छन् ।

वीरगञ्जको भन्सार कार्यालयले मान्यता दिएपछी यहाँ काठमाण्डौमा राजस्व अनुसन्धान विभागले मान्यता नदिनु अनौठो भएको उनीहरुको भनाइ छ । भन्सार विभागको नयाँ महानिर्देशक नारायणप्रसाद सापकोटा आएसँगै आफुहरुले दुख पाएको र यसअघि सो खालको समस्या नदिएको न्युरोडमा होलसेल पसल चलाउँदै आएका बृज किशोरले बताए । उनले भने ‘दुइ नम्बरी हिसावले सामान ल्याउनेहरुलाई वेवास्ता गरिएको छ, तर हामीहरु भन्सार तिरेर काम गरिरहेकाहरुलाई राजश्व अनुसन्धान विभागले दुख दिइरहेको छ । दुई महिनाको बीचमा हामीहरु सबैलाई जर्वजस्ती पेनाल्टी लगाएको छ’ ।

व्यवसायी बृज किशोरले महानिर्देशक सापकोटालाई आफै गएर विरजञ्ज भन्सारमा चेकजाँच गर्न सुझाव समेत दिएका छन् । उनले गुगलमा हेरेर भन्सार मुल्याङकन गर्ने तरिका ठीक नभएको बताए । सरकारकै एउटा निकायले ठिक छ भनेर छोड्ने तर अर्को निकायले दुख दिने काम बन्द गर्नुपर्ने उनले बताए । न्युरोडका अर्का कुर्था सारी होलसेल व्यवसायी कन्हैया कुमार भन्छन् एक दुई जना फाटाहा ब्यवसायीका कारण सबैलाई अठ्यारोमा परेको छ । तर इमानका साथ काम गर्ने व्यापारीलाई सरकारले दुख दिन हुदैन ।’ उनले भने ‘ सरकारले जे गर्नु, जति अनुसन्धान गर्नुछ त्यहीँ वीरगन्ज भन्सारमै गरोस । त्यहाँबाट सबै शुल्क तिरेर, सील गरेर ल्याएको सामान यहाँ काठमाण्डौंमा जफत गर्नु न्यायसंगत होइन ’ ।

व्यवसायीहरुले आफुहरुले सरकारी किताबमा तोकिएको दरको मुल्यांकन अनुसार नै कुर्था, सारी लगायत कपडाहरुको भन्सार तिरेर काठमाण्डौ ल्याएपनि कम मुल्याङकन भयो भन्दै राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको गुनासो गरेका छन् । ब्यवसायी उमा शंकरप्रसाद शाह भन्छन् ‘बढी भन्दा बढी राजस्व उठाउने ध्याउन्नमा आफुहरुलाई अनावश्यक द्ुख दिएका छन् । हामी सयौ व्यवासायीहरुको करोडौंको सामान अलपत्र भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS