काठमाडौं । हाथवे स्टक डिलर लिमिटेडले आगामी बैशाख ६ गतेदेखि ६३ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीले चैत २१ गते एक सुचना जारी गर्दै हकप्रद शेयर विक्री गर्ने जनाएको हो ।
कम्पनीको उक्त हकप्रद शेयर आगामी जेठ ९ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित दरमा हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद निष्काशन सम्बन्धि प्रस्ताव गत असोज २८ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाबाट पारित गरेको हो ।