Connect IPS
IME Life

सातै प्रदेशको अध्यक्ष राखेर वरिष्ठ उपाध्यक्ष उमेशलाल समुहको उम्मेदवारी घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहले ७ वटै प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्षलाई मञ्चमा राखेर उम्मेदवारी घोषणा गरेको छ । सोमबार एक कार्यक्रबीच ७ वटै प्रदेश अध्यक्षको समर्थनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

सो समुहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् । यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर अघि बढेका दिनेश श्रेष्ठले अहिलेको अवस्थामा व्यवसायीका समस्याहरु सरकारसँग जोडदार रुपमा राखेर समस्या समाधान गर्न उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेको भन्दै आफु पुनः सोही समुहबाट जिल्ला नगर उपाध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।

Prabhu
Crest

यस्तै बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल रहेका छन् भने एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य रहेका छन् । सो समुहबाट वस्तुगततर्फ उपाध्यक्ष र १४ सदस्य सहित प्यानलले नै उम्मेदवारी घोषणा गरेको छन् । उम्मेदवारी घोषणा कार्यक्रमममा प्रदेश अध्यक्षहरुले अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको विकल्प नभएको र सबै प्रदेशले सर्वसम्मत रुपमा समर्थन गर्ने बताएका छन् । उम्मेदवारी घोषणा कार्यक्रममा प्रदेशअध्यक्षहरुले अहिले महासंघको साख गिर्दो अवस्थामा रहेको र अबका दिनमा व्यवसायिका समस्या सरकारमाझ पुर्याउनका लागि पनि उमेशलालजस्तो निडर प्रष्ट वक्ताको आवश्यकता खड्किएको बताएका थिए ।

‘अहिले महासंघको जुन साख र प्रतिष्ठा थियो अहिले धेरैनै खस्किएको छ,’ प्रदेश अध्यक्षहरुले भने, ‘अबका दिनमा महासंघको उक्त साखलाई जोगाउँदै व्यवसायिका समस्याहरु सरकारमाझ राखेर समस्या समाधान गर्नका निमित्त पनि सबै उद्योगी व्यवसायीले वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठलाई जिताउनु आवश्यक छ ।’

उक्त उम्मेदवारी घोषणा कार्यक्रममा कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मधेष प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ, बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, कर्णाली प्रदेशका अध्यक्ष पदमबहादूर शाहीको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा विशेष कारणले गर्दा लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण शर्मा र सूदर पश्चिम अध्यक्ष शंकर बोगटी भने उपस्थित हुन सकेका थिएनन् ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले उद्योगी व्यवसायीको पीडा बोकेर समस्या समाधान गर्ने समूहको रुपमा आफुहरु अघि बढेको बताए । ‘देश आक्रान्त र अस्थिर छ भने आर्थिक रूपमा खस्किएको छ । यस्तो अवस्थामा निजीक्षेत्रको क्याप्टेनसीप दिन वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु,’ घोषणा सभामा उनले भने, ‘ मेरो विगतमा गरेको काम नै मेरो योग्यता हो । म निडर छु र व्यवसायिका आवाज बोल्छु, पक्कै पनि यहाँहरुले अमुल्य मत दिएर मलाई विजयी गराउनुहुने छ भन्ने आशा र विश्वास छ ।’

विशेषगरी नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कामलाई नियमन नगर्दा अहिले समस्या निम्तिएको समेत उनले जानकारी दिए । ‘राष्ट्र बैंक नियामक निकाय भएपछि बैंक तथा वित्तीय संस्थाले केकस्ता क्षेत्रमा कर्जा प्रबाह गरिरहेका छन् भनेर नियमन गर्नुपर्दथ्यो,’ उनले भने, ‘कोभिडको समयमा बैंकमा निक्षेप थुप्रिदा बैंकका कर्मचारीले घरघरमा पुगेर कर्जा दिए तर त्यो कर्जा केका लागि दिइयो भनेर कसैले अनुगमन गरेनन् ।’ कोरोनापछि बैंकले गरेको लगानीका सहि सदुपयोग नहुँदा देशमा उद्योग कलकारखाना धरासायी बन्न पुगेको समेत उनको भनाई थियो ।

यस्तै एसोसिएट्तर्फका उपाध्यक्ष भरत आचार्यले अहिले देशको अर्थतन्त्र र उद्योगी व्यवसायीका समस्या समाधान गर्न आफुले उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको बताए । ‘अहिले हाम्रो लागत बढी हुँदै गएको छ भने रोजगारी पनि सोही अनुरुप घटिरहेको छ,’ उनले भने, ‘लागत न्युनिकरणबिना उद्योगको विकास छैन ।’ यस अघि आफ्नो नेतृत्वमा धेरै खालका व्यवसायीमैत्री नीति नियम बनाएको र त्यसलाई निरन्तरता दिई कार्यान्वयनमा लैजानका लागि समेत आफुले उपाध्यक्षमा उठ्ने लागेको जानकारी दिए ।

साथै एसोसिएट्स उपाध्यक्षले समग्र निजीक्षेत्रको रोजगारदाता परिषद्को यसले नेतृत्व गर्ने हुदा नेपालको उत्पादकत्वसँग प्रत्येक्ष भुमिका रहेन उनको भनाई थियो । अहिलेको अवस्थामा सशक्त नेतृत्व आवश्यक र जुन भुमिका आफुले निभाउन सक्ने बताएका छन् ।

कार्यक्रममा वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले आफुले निर्यात, उत्पादनमुलक, सेवा, कृषि, बैंकिङ, सीपलगायत हरेक क्षेत्रमा आवद्ध भएर काम गर्दा वस्तगत संघहरुको समस्यालाई नजिकसँग बझेको भन्दै वस्तुगत संघका समस्या समाधानका लागि पनि आफुलाई उपाध्यक्षमा जिताएर पठाउन आग्रह गरेका छन् । ‘मैले दुई पटक वस्तुगत संघबाटै सदस्यमा चुनाव जितेर यहिँ क्षेत्रका साथिहरुको हकहितका लागि काम गरिसकेको छु,’ उनले भने, ‘ महासंघले जिम्मेवारी दिएका हरेक क्षेत्रमा अब्बल काम गर्दै आएको र अहिलेपनि सरकारसँग मिलेर कसरी यी क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ भनेर छलफल गरिरहेको छु ।’ यदि आफु उपाध्यक्षमा निर्वाचित भएर गएको अवस्थामा वस्तुगत संघको समस्या बुझरे समाधान गर्ने महासंघ बनाउने समेत उनको प्रतिवद्धता थियो ।

यस्तै महासंघमा वस्तुगत संघ भनेको ब्रेन भएको तर महासंघ चलायमान बनाउने उक्त संघलाई स्थान नदिइएको उनको गुनासो थियो । महासंघ भित्र वस्तुगत संघको अधिकार र दायरा फराकिलो बनाउँदै सम्पूर्ण वस्तुगत संघले अपनत्व गर्ने महासंघ निर्माणका लागि पनि मैले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको समेत उनले जानकारी दिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS