IME Life New

नेपालमा देखा पर्यो ओमिक्रोन भेरियन्ट, सिमानाकामा कडाई गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो केहि दिनयता नेपालमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ । छिमेकी मुलुक भारतमा ओमिक्रोनको नयाँ भेरियन्ट एक्सबीबी.१.१६ को संक्रमण फैलिएसँगै स्वास्थ्य मन्त्रालयले अणुवान्सिक परिवर्तन पहिचान गर्ने क्रममा नेपालमा ओमिक्रोनको विभिन्न भेरियन्ट देखा परेको जनाएको छ । संक्रमण रोकथामका लागि स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न र गराउन साथै सिमानाकामा कडाई गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ ।

सिमानाकाबाट आवतजावत गर्ने शंकास्पद लक्षण भएका यात्रुको सिमानाकाका हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीहरुबाट कोभिड–१९ परिक्षण गरी नतिजा पोजेटिभ भएमा आवश्यक परामर्शका साथै थप उपचार गर्नुपरेमा नजिकको असपतालमा उपचार गर्ने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको हो । नेपालमा मौसमी रुघाखोकीका साथै कोभिड–१९ को संक्रमण बृद्धि हुँदै गएकोले रोकथाम र नियन्त्रणमा सबै तह र तप्काबाट प्रभाबकारी भूमिका निभाउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS