Connect IPS
IME Life

हालसम्म मकर जितुमायाको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ ७ लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्ल्यिरिङ्गका अनुसार आज सोमबार साँझ ५ः०२ बजेसम्ममा ७ लाख ३० हजार २६७ आवेदकबाट ८२ करोड ५ लाख ५ हजार रुपैयाँ बराबरको ८२ लाख ५ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ आयोजना प्रभावित स्थानिय बासिन्दालाई र निष्काशन गरिसकेको छ ।

Prabhu
Crest

त्यसमध्ये ३ प्रतिशत अर्थात ८० हजार ७० कित्ता शेयर सामुहकि लगानी कोषका योजनाहरुको लागि र २ अर्थात ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

कम्पनीले निष्काशन गरेको आइपीओमा माग भन्दा बढी आवेदन परिसकेकोले चैत २२ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीलाई केयरएनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । शेयर प्रत्याभूतीकर्ता सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS