Connect IPS
IME Life

नयाँ अर्थमन्त्रीलाई पत्याएन शेयर बजारले, दुई दिनमा ३६ अंकको गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारले अर्थमन्त्रीमा डा. प्रकाशशरण महतको इन्ट्रिलाई नकारात्मक प्रतिकृया जनाएको छ । शुक्रवार अर्थमन्त्रीमा डा. महतको प्रवेश सँगै शेयर बजार बढ्ने अपेक्षा गरिएको थियो । तर आइतबार र सोमबार नै लगातार शेयर बजारमा गिरावट देखिएको छ । आइतबार २० अंकले घटेकोमा आज सोमबार पनि १६.९१ अंकको गिरावट देखिएको छ ।

डा. महत अर्थमन्त्रीमा नियुक्त हुँदा शेयर बजार सुधार हुने अपेक्षा गरिएको थियो । अर्थशास्त्री महतले नेपालको अर्थतन्त्रमा राम्रो योगदान पुर्याउन सक्ने आकलन गरिए पनि उनको नियुक्ति प्रकरण र उनको विगतको इतिहासलाई हेर्दा उनि देउवा परिवार प्रति नै वफादार हुने भन्दै लगानीकर्ताको उनि प्रति विश्वास बढ्न नसकेको हो ।

Prabhu
Crest

सोमबार नेप्से सूचक १६.९१ अंकले घटेर १८७१.८८ अंकमा रोकिएको छ । सूचक सँगै कारोबार रकम पनि घटेको छ । कारोबार ९२ करोड २ लाख रुपैयाँमा सिमित भएको छ । आज १७३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ३३ वटा कम्पनीको मूल्यमा सुधार आएको छ । आज सर्वाधिक धेरै कालिञ्चोक दर्शनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक धेरै नविल बैंकको तीन करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS