IME Life New

नयाँ वर्ष लक्षित गर्दै बिजबजार, चैत्र महिनाको २० मा बिज , ग्राहकलाई ६५% सम्म छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने २० मा बिज नामक अभियान अन्तर्गतको चैत्र महिनाको अभियान चैत्र १९ गते राती १२ बजे देखि २२ गते सम्म लाइभ गर्ने भएको छ भने यस महिनाको २० मा बिज नयाँ वर्षलाई लक्षित गरिएको कम्पनीले बताएको छ ।

यही चैत्र २० गतेका दिन बिजबजारले अपराह्न ६ बजे देखि आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गर्ने छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न उपहारहरू जित्न सक्नेछन्।

Esewa
Crest

सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस अभियान अन्तर्गतको फेशन नयाँ वर्ष, नयाँ स्टाइल योजनामा ६० प्रतिशत सम्म, Gadget नयाँ वर्ष, नयाँ GADGET योजनामा ६५ प्रतिशत सम्म, HOME APPLIANCE नयाँ वर्ष, नयाँ Home & Decor योजनामा ५० प्रतिशत सम्म र HOME DECOR नयाँ वर्ष, नयाँ ज्इःभ् म्भ्ऋइच् योजनामा ५० प्रतिशत सम्म छुट सहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।साथै सेवाग्राहीहरूले चैत्र २० गतेको प्रत्येक अडरमा नेपाल भरि डेलिभरी शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

२० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ भने साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास पनि कम्पनीले लिएको छ।

सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS