IME Life New

इन्स्योरेन्स इन्स्टिच्युटद्धारा ३ दिने अभिकर्ता रिफ्रेसमेन्ट तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले प्रदेश नम्बर ‌१ कोशीमा अभिकर्ताहरुलाइ रिफ्रेसमेन्ट तालिम दिएको छ । इन्स्टिच्युटले चैत १६ देखि १८ गते सम्म ३ दिने तालिम दिएको हो ।

चैत १७ गते देखि १८ सम्म २ दिने प्रदेश नम्बर ‌१ मा भएका जीबन बीमा र निर्जीव बीमामा आवद्ध प्रदेश प्रमुख र शाखा प्रबन्धक हरुलाइ म्यानेजर तालिमको आयोजना गरिएको थियो ।

Esewa
Crest

इन्स्योरेन्स इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्माले उक्त कार्यक्रमले प्रदेश नम्बर ‌१ मा भएको बीमामा आबद्ध भएका सम्पूर्णमा भइरहेको ज्ञानलाई अझ पोलिस गर्न सहयोग पुग्ने बताए ।

उक्त तालिमको‌ प्रमुख अतिथिको रुपमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको प्रमुख कुन्दन सापकोटा रहेका थिए । उक्त कार्यक्रमको सहजीकरण निप्स प्रदेश नम्बर ‌१ ले गरेको थियो ।

यस कार्यक्रमले प्रदेश नम्बर ‌१ का बीमा क्षेत्रमा आबद्ध भएका म्यानेजर र अभिकर्ताहरुको हौसला र उत्प्रेरणा बढेको निप्सका सचिव सन्तोष आचार्यले जनाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS