IME Life New

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णाली प्रदेशमा मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदै छन् । शर्माले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा विश्वासको मत लिने भएको हो ।

राप्रपाले समर्थन फिर्ता लिएपछि शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने बारे नेताहरु छलफलमा जुटेका छन् । प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेसले विश्वासको मत दिने नदिने बारे कुनै निर्णय गरेको छैन । एमालेले हालसम्म समर्थन फिर्ता लिएको छैन ।

Esewa
Crest

मुख्यमन्त्री शर्माले बहुमतका लागि २१ जना सांसदको मत प्राप्त गर्नुपर्नेछ । कुल ४० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसबाट १४, माओवादी १३ र एमालेबाट १० जना, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद १÷१ जना रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS