IME Life New

महिला उद्यम समिति र अमेरिकन कर्नरको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उद्योग संगठन मोरङ महिला उद्यम समिति र अमेरिकन कर्नर विराटनगरले महिला उद्यमी र व्यवसायीहरुका लागि वित्तीय साक्षरता सम्वन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले वित्तीय साक्षरताले आर्थिक लक्ष्य निर्धारण, पूँजीको व्यवस्थापन, आफनो सम्पत्तीको संरक्षण गर्नका साथै भविष्यमा आईपर्ने जोखिम वारेमा जानकारी प्राप्त गर्न मद्त पु-याउने वताउदै महिलाहरुलाई वित्तीय क्षेत्रबाट प्रवाह हुने सेवाबाट लाभान्वित हुन अनुरोध गरे । ग्राहकहरुलाई आफुले प्रदान गर्दै आएको सेवा र सुविधा प्रति आकर्षित गर्न वित्तीय साक्षरता अभियानलाई प्राथमिकता दिन वित्तीय संस्थाहरु समक्ष अनुरोध गर्दै उनले यस प्रकारको कार्यक्रमले वित्तीय साक्षरता विभिन्न आयामलाई वुझन सहयोग पु¥याई वित्तीय प्रणालीमा विश्वास अभिवृद्धि गर्ने वताए ।

Esewa
Crest

महिला उद्यम समितिको संयोजक प्रतिभा रिजालले वित्तीय साक्षरताले महिला उद्यमी व्यवसायीहरुलाई उपयुक्त निर्णय लिन सक्षम वनाउने कुरालाई मध्यनजर गरी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताईन्। उनले महिला उद्यमी व्यवसायीहरुको वित्तीय क्षेत्रमा पहुच वढाउन साक्षरता अभियानले उत्प्रेरकको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।

वैकर्स शर्मिला होमागाईले वित्तीय लक्ष्य निर्धारण, ऋणको सदुपयोग, खर्च गर्दा अपनाउनु पर्ने सतर्कता, जोखिम वहन क्षमता लगायतका विषयमा प्रकाश पार्दै वित्तीय संस्थाले महिला उद्यमी व्यवसायीहरुको सुविधाका लागि गरेको व्यवस्थाका वारेमा बताईन्। उनले कुनैपनि क्षेत्रमा लगानी गर्नुअघि महिला उद्यमी व्यवसायीलाई वित्तीय लक्ष्य निर्धारण अनुरोध गर्दै त्यसबाट आईपर्ने सहजता र चूनौतिलाई पूर्वानुमान गर्न आग्रह गरिन्।

वैकर्स समिर श्रेष्ठले प्रविधिका कारण डिजीटल वैंकिङमा सर्वसाधारणको आकर्षण वढदो क्रममा रहेकाले मानिसहरुलाई सेवा उपभोग गर्न वैकसम्म धाउनुपर्ने वाध्यतामा कमी आएको वताए । उनले महिला उद्यमी व्यवसायीहरुलाई डिजीटल वैंकिङ प्रणाली प्रति अभ्यस्त हुन अनुरोध गर्दै वित्तीय संस्थाले डिजीटल वैंकिङका माध्यमबाट उपलब्ध गराउदै आएका सेवाहरुका विषयमा जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशकी निवर्तमान अध्यक्ष सरु केसीले महिला उद्यमी व्यवसायीलाई वढावा दिदा राज्य प्रणाली प्रति सकारात्मक सन्देश गई आर्थिक विकासमा सहयोगी सिद्ध हुने वताउदै महिलाहरुलाई आफुमा निहित सिपलाई उद्यमशिलता विकासमा रुपान्तरण गर्न आग्रह गरिन्।

कार्यक्रममा उद्योग संगठन मोरङ महिला उद्यम समितिका सदस्यहरु, महिला उद्यमीहरु व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS