काठमाडौं । नेपाली काँग्रेसका नेता एवम अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कांग्रेसबाट टाढा भएको घोषणा गरेका हुन् ।
उनले वि.स.२०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलनमा आफ्नो संलग्नता तथा ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको भन्दै स्टाटस लेखेका हुन् । ३० वर्षदेखि परोक्ष र १० वर्षदेखि प्रत्यक्षरुपमा आर्थिक नीति र योजना, बौद्धिक सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तराष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान पुर्याएको बताएका छन् ।
जननायक बिपी कोइराला, गणेशमान सिंश, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत भएको भन्दै २०८० को शुरुवातसँगै आफू नयाँ सार्वजनिक भूमिकामा सक्रियामा हुने उक्त स्टाटसमा लेखेका छन् ।