काठमाडौं । आज शेयर बजार १० दशमलव ८७ अंकले घटेर १,९०८ दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज ४९ कम्पनीको शेयर मुल्य बढेको छ भने १५७ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै सुपर माइ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।
त्यस्तै, सिटिजन म्युचुअल फण्ड २ का इकाईधनीले ६ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् । कालिञ्चोक दर्शनका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । आरएसडिसी लघुवित्तका लगानीकर्ताले २ दशमलव ५७ प्रतिशतका दरले कमाएका हुन् ।