IME Life New

बाैद्धिक चाेरी राेक्न उद्याेग विभागमा पेटेन्ट दर्ता गर्ने क्रम बढ्याे, आठ महिनामै ५ वटा दर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । चालू आर्थिक वर्षकाे पहिलाे आठ महिनामा उद्याेग विभागले ५ वटा पेटेन्ट दर्ता गरिसकेकाे छ। विभागमा हालसम्म कूल ८६ वटा पेटेन्ट दर्ता भएकाेमा चालू आवकाे पहिलाे आठ महिनामै ५ वटा दर्ता हुन आएकाले बाैद्धिक सम्पत्तिकाे स‌ुरक्षाका लागी सम्बन्धित व्यक्ति र संस्थामा चासाे बढेकाे संकेत गरेकाे छ।

चालू आव २०७९।८० काे फागुनसम्ममा विभिन्न उद्याेग तथा व्यवसायले कूल ११ वटा डिजाइन दर्ता गराएका छन् । विभागमा शुरुदेखि फागुन मसान्तसम्ममा कूल २९६ वटा डिजाइन दर्ता भएकाे तथ्यांक छ।

Esewa
Crest

विभागका अनुसार कूल दर्ता गरिएका ट्रेड मार्कमध्ये स्वदेशी कम्पनीकाे ८५१ वटा वस्तुकाे र १३३ वटा सेवा सम्बन्धी ट्रेड मार्क रहेका छन् । यसैगरी विदेशी कम्पनीले ८३५ वटा वस्तु ट्रेड मार्क र २२० वटा सेवा सम्बन्धी ट्रेड मार्क दर्ता गराएका छन् । विभागले स्थापनादेखि गत फागुन मसान्त सम्ममा कूल ५७ हजार ७७९ वटा ट्रेड मार्क दर्ता गरेकाे छ।

स्थानीय व्यापारीले अन्तर्राष्ट्रिय चल्तीका ब्राण्डहर हुबहु नक्कल गरेर अनधिकृतरूपमा दर्ता गर्न ल्याउँदा समेत विभागले नेपालमा विदेशी ब्राण्ड दर्ता हुन नआएकाे कारण जनाउँदै स्थानीय व्यापारीकाे ब्राण्ड दर्ता गरिदिएर बाैद्धिक सम्पत्ती चाेरीमा साझेदार बन्दै आएकाे छ। भारतीय प्रख्यात ब्राण्ड धारा तेलकाे धारा ब्राण्ड, पेप्सी कम्पनीकाे कुरकुरे ब्राण्ड र पेन्ट उत्पादक जापानी कम्पनी नेराेलेक पेन्ट्सकाे नेराेलेक ब्राण्ड विभागकाे संरक्षणमा भएकाे बाैद्धिक सम्पत्ती चाेरीकाे ज्वलन्त उदाहरण हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS