काठमाडौं । आज नेप्शे परिसूचक १२ दशमलव १० प्रतिशतले बृद्धि भई १९१८ दशमलव १० को विन्दुमा कायम भएको छ । आज कुल १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सुपरमाई हाइड्रोपावर लिमिटेडका लगानीकर्ता कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य ४७३ रुपैयाँ कायम भएको छ ।
यसैगरी आज सिर्जनशील लघुवित्त वित्तीय संस्थाको शेयर ९.९९ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य १ हजार ३१३ रुपैयाँ कायम भएको छ । साथै, एशियन हाइड्रोपावरको शेयर ९.९९ प्रतिशत, महिला लघुवित्तको वित्तीय संस्थाको शेयर ८.९९ प्रतिशत र नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर ७.९७ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ६२७ रुपैयाँ कायम भएको छ ।