काठमाडौं । डिस मिडिया नेटवर्कले चैत २० गते साधारण सभा आयोजना गर्ने भएको छ । उक्त सभा केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ः३० बजे गर्ने जनाएको छ । सभा भर्चुअल माध्यमबाट हुने र सदस्यहरूलाई जुम आइडी र पासवर्ड इमेलमार्फत उपलब्ध गराईने जनाएको छ । सभामा कम्पनीले आइपीओ निष्काशन तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले २३ करोड ८५ लाख ९२ हजार ९०० बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आइपीओ विक्रीको लागि बोर्डमा अनुमति मागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आइपीओ विक्री गर्न निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।