काठमाडौं । धेरै दिन पछि लगानीकर्ताले राहत पाएका छन् । सोमबार नेप्से सूचक १७.७० अंकले बढेर १९०६ अंकमा रोकिएको छ । लगातार घटिरहेको शेयर बजारमा आजको सुधारले लगानीकर्ता हौसिएका छन् ।
सोमबार एक अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ । आज १६७ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ४४ वटा कम्पनीको मूल्य भने घटेको छ । माइक्रोफाइनान्स बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ ।
तीन वटा कम्पनीको शेयर मूल्यमा सर्वाधिक सुधार हुने क्रममा सकारात्मक सर्किट लागेको छ । अधिकाम्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा गिरावट आउदा अन्य कम्पनीहरुको शेयर मूल्यमा भने सुधार देखिएको छ ।
बैंकिङ तरलता सुधार सँगै सरकारले पुर्णता पाउने समाचारले बजारलाई सकारात्मक बनाएको छ । चैत अन्तिमदेखि बजार बढ्ने नै भएकाले पनि लगानीकर्ताले हौसिएर शेयर खरिद गरेका हुन् । एक हप्तापछि बजार बढ्छ भन्ने चर्चाले पनि लगानीकर्ताले लगानी सुरु गरेका हुन् ।