Connect IPS
IME Life

ग्लोबल आइएमई लघुवित्तले वितरण गर्यो नगद लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत फागुन २४ गते सम्पन्न १० औं वार्षिक साधारण सभाबाट पारित कर समेत ८ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ५५ करोड २५ लाख ८९ हजारको आधारमा ८ प्रतिशत नगद लाभांशसँगै १२ प्रतिशत बोनस शेयर समेत वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको थियो । गत फागुन २८ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामै नगद लाभांश वितरण गर्न शुरु गरेकाले आफ्नो लाभांश प्राप्त भए नभएको एकिन गर्नुसमेत कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest

नगद लाभांश बैंक खातामार्फतनै वितरण गर्ने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन पनि कम्पनीले आग्रह गरेको छ ।  बोनश शेयर भने धितोपत्र दोस्रो बजारमा सूचिकृत भएपछि मात्र वितरण गरिने जनाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश पाएका छन् ।

बुकक्लोजको अघिल्लो दिनसम्म आफ्नो शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको नगद लाभांश भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि वितरण गरिने जनाएको छ । सो मितिपश्चात कर्जा भुक्तानी भएका सदस्यहरूको लाभांश भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भएपछि मात्र वितरण गरिने कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS