IME Life New

एनएलजी इन्स्योरेन्स सहित दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। एनएलजी इन्स्योरेन्स र सिक्लेस हाइड्रोपावरले भोली चैत १३ गते बुक क्लोज गर्ने भएसँगै दुई कम्पनीको शेयर आजसम्म किन्नेले लाभांश पाउनेछन् ।

एनएलजी इन्स्योरेन्सले चैत २० गते, सोमबार, आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटारमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा बिहान साढे १० बजे शुरु हुने कम्पनीले जनाएको छ।

Esewa
Crest

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, सिक्लेस हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको १० दशमलव ५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले चैत २० गते सोमबार ११ बजे आभ्या क्लब, धारीपाटन, पोखरा, कास्कीमा साधारण सभा गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS