IME Life New

खल्तीबाट ईपीएस कोरियाको व्यवस्थापन शुल्क तिर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खल्तीले ईपीएस कोरियाको व्यवस्थापन शुल्क तिर्ने सुविधा थपेको छ। रोजगारीका लागि कोरिया जाने प्रक्रियामा रहेका प्रयोगकर्ताहरूले खल्तीबाट आफ्नो ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क तिर्न सकिने व्यवस्था थप गरेको हो ।

नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त पहल हो ईपीएस कोरिया जस अन्तर्गत कोरियामा विदेशी कामदारहरूलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्नका लागि सरकारले ल्याएको प्रणाली हो। थप रूपमा, खल्ती जस्ता डिजिटल वालेट मार्फत भुक्तानी प्रणाली सुरु गर्दा प्रक्रियालाई थप सहज र समय बचत हुने खल्तीले जनाएको छ ।

Esewa
Crest

“अहिले डिजिटल भुक्तानी गर्ने क्षमता पहिलेभन्दा धेरै महत्त्वपूर्ण भएको छ किनभने यसले प्रयोगकर्ताहरूलाई धेरै तरिकामा फाइदा पुर्‍याउँछ। हामी यस पहलसँग आबद्ध हुन पाउँदा गर्व गर्छौं र प्रयोगकर्ताहरूलाई सुविधाजनक भुक्तानी समाधान प्रदान गर्ने आशा गर्दछौं। खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने ।

खल्तीको होमपेजमा गएर पुलर गभर्मेन्ट सर्भिसेसमा ट्याप गरी इपीएस कोरिया व्यवस्थापन शुल्क छनौट गर्ने र आफ्नो राहदानी नम्बर दाखिला गरि विवरण भरेपछि भुक्तानी प्रकृया छनौट गरि भुक्तानी गर्न सकिनेछ ।

वैदेशिक रोजगारमा जानेहरूले खल्ती मार्फत ‘रिलायबल सुरक्षित जीवन बिमा’ योजना पनि लिन सक्नेछन् । त्यस अन्तर्गत ३ लाख रूपैयाँ सम्मको इन्स्योरेन्सको लाभ प्राप्त गर्न सक्नेछन् । यसका साथै प्रयोगकर्ताहरूले खल्तीबाट डिओएफइ बीमा र डिओएफइ वेलफेयरको लागि पनि भुक्तानी गर्न सक्छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS