काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार मन्त्रिपरिषदको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) कुँवरलाई आइजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
करिब २८ वर्षअघि २०५१ चैत ५ मा कुँवर इन्स्पेक्टरबाट प्रहरी सेवामा संलग्न भएका थिए । आइजीपी बढुवा प्रतिष्पर्धामा कुँवरसहित एआइजी टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका थिए । वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई शुक्रबार मन्त्री परिषदको निर्णयले आइजीपीमा बढुवा गरेको हो ।