IME Life New

मन्दीका बेला हाउजिङमा ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै पदमा कोलोनी, बैंक ऋण सहज हाेला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । तरलता अभावसँगै ब्याज दर उच्च भएका बेला पदमा काेलाेनी प्रालिले दुई वटा सामूहिक आवास याेजनामा ५ अर्ब ६८ कराेड रुपैयाँ लगानी गर्ने तयारी गरेकाे छ। पूर्वकाे इटहरी र काठमाण्डाैका‍े रामकाेटमा ३-३ सय वटा घर निर्माण गरेर बिक्री गर्ने याेजना अन्तर्गत पदमा काेलाेनीले चरण ५ र ६ काे लागी काम शुरु गरेकाे हाे ।

याे कम्पनीले सितापाइला नजिकै नागार्जुन नगरपालिका क्षेत्रकाे रामकाेटमा ३ अर्ब ५० लाख रूपैयाँमा तीन सय वटा आवासीय इकाई तयार पारेर बिक्री गर्ने याेजना छ । यसैगरी इटहरीमा २ अर्ब १८ कराेड रुपैयाँ लागतमा ३ सय वटा घर निर्माण गरेर बिक्री गर्ने पदमा काेलाेनीकाे तयारी छ। इटहरीमा १२ बिघा क्षेत्रफल जग्गामा दुई चरणमा कूल ५ सयवटा आवासीय भवन निर्माण गर्ने तयारी छ। हाल दुबै ठाउँमा जग्गा विकासकाे काम भइरहेकाे छ। क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङका अनुसार कूल लागत मध्ये प्रवर्द्धकले २० प्रतिशत र बाँकी रकम बैंक कर्जाका माध्यमबाट जुटाउने याेजना रहेकाे छ।

Esewa
Crest

पदमा काेलाेनीले चरण १,२,३ र ४ गरी काठमाण्डाैं र ललितपुर जिल्लामा चारवटा बेग्लाबेग्लै आवासीय याेजनाहरु सम्पन्न गरी गरिसकेकाे छ।

लागतकाे ठूलाे हिस्सा बैंक कर्जामा निर्भर रहेकाले बैंक कर्जाकाे जाेहाे गर्न सक्ने क्षमताले समेत परियाेजनाकाे समयमै सम्पन्न गर्न सक्ने नसक्नेबारे तय गर्नेछ। निर्माण लागतकाे ठूलाे रकम बै‌ंक कर्जाबाटै जुटाउने भएकाले कर्जाकाे ब्याज भार पनि उच्च हुने जाेखिम छ।

चालू आर्थिक वर्षदेखि पूँजीगत लाभकरकाे दर ५ बाट ७.५ प्रतिशत कायम गरिएकाे छ। साथै काठमाण्डाै उपत्यकाभित्र जग्गाकाे मूल्यकाे अधिकत्तम ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत मात्र बै‌ंक कर्जा उपलब्ध हुने राष्ट्र बैंककाे प्रावधानका कारण पनि घरजग्गा व्यवसायमा लगानी गर्ने समूहलाई चुनाैती थपिएकाे छ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङले जारी गरेकाे विज्ञप्ती अनुसार ७ कराेड ८३ लाख रूपैयाँ अल्पकालीन कर्जाका लागी केयर एनपि बी र ९२ कराेड ९२ लाख रूपैयाँ चालू पूँजी कर्जाका लागी केयर एनपि एफाेर रेटिङ पाएकाे छ । याे रेटिङ प्राप्त गर्ने कम्पनीकाे समयमै वित्तीय दायीत्व पुरा गर्न सक्ने क्षमता कमजाेर हुन्छ।

घर जग्गा व्यवसायमा आएकाे मन्दीका कारण आवासीय इकाईहरु बिक्री हुन नसकेपछि घर किन्दा कार वा स्कुटर उपहार लगायतकाे याेजना ल्याएर व्यवसायीहरु व्यापारलाई गती दिने भरमग्दुर प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS