काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको जनसंख्या सार्वजनिक गरेको छ । तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरे अनुसार हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ ।
नेपालको १२ औं जनगणना २०७८ को अन्तिम प्रतिवेदन अनुसार हाल नेपालमा पुरुषको संख्या ४८.९८ प्रतिशत अर्थात १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ रहेको छ । यसैगरी महिलाको संख्या ५१.२ प्रतिशत अर्थात १ करोड ४९ लाख ११ हजार २७ रहेको छ । अन्य लिङ्गको संख्या भने २ हजार ९ सय २८ रहेको छ ।
उक्त तथ्याङ्क अनुसार सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौंमा २० लाख ४१ हजार ५ सय ८७ जनसंख्या रहेको छ । साथै सबैभन्दा थोरै मनाङ जिल्लामा ५ हजार ६८५ जना रहेका छन् ।