काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक १८ दशमलव १५ अंकले घटेर १,९१५ दशमलव १४ को विन्दुमा कायम भएको छ । आज २८ वटा कम्पनकिो शेयर मुल्य बढेको छ भने १७९ कम्पनकिो मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै माया खोला हाइड्रोपावर कम्पनीका लगानकिर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एशियन हाइड्रोपावरका लगानकिर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ बैंकका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।