काठमाडौं । त्रिभूवन विश्वविद्यालयले तय गरेको परिक्षा केन्द्र विद्यार्थीका लागि अपायक परेको भन्दै विभिन्न विद्यार्थी संगठनले विरोध गरेक छन् । तत्कालै उक्त परिक्षा केन्द्र राख्न गरिएको निर्णय फिर्ता गर्न नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेराश्ववियूले संयुक्त विज्ञप्ति समेत निकालेका हुन् ।
यहि २०७९ चैत १२ गतेदेखि संचालन हुने स्नातक तह चौथो वर्षको परिक्षा केन्द्र क्याम्पसभन्दा धेरै टाढा राख्ने त्रिविले निर्णय गरेको छ । परिक्षा जस्तो संवेदनशील विषयमा गरिदै आएका लापरवाही, अपारदर्शिता र गैरजीम्मेवारीपूर्ण निर्णयका कारण विद्यार्थीले समस्या झेल्नुपरेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भरखरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीहरु सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुख दिने मनसायका साथ विद्यार्थीले अध्ययन गर्ने क्याम्पसभन्दा टाढा परिक्षा केन्द्र राख्ने निर्णलाई तत्काल सच्याउन परिक्षा नियन्त्रण कार्यालयसमक्ष संयुक्त विद्यार्थी संगठनहरुले माग राखेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।