IME Life New

भायानेटले ल्यायो एक्सजीएस फाइबर टेक्नोलोजीमा आधारित नेपालकै पहिलो २ जीबिपीएस इन्टरनेट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्ये एक भायानेट कम्युनिकेसनले नवीनतम एक्सजीएस फाइबर प्रविधिमा आधारित २ जीबिपीएस एक्सजीएस एक्सट्रिम प्याकेज मार्फत नेपालकै पहिलो मल्टि गिग इन्टरनेट सार्वजनिक गरेको छ । यो अत्याधुनिक प्रविधिको साथ भायानेट कम्युनिकेसनले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ ।

एक्सजीएस पोन अर्थात १० गिगाबिट मिट्रिकल प्यासिभ नेटवर्क अत्यनत नयाँ फाइबर अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजी हो । जसले १० जीबीपीएस सम्मको डाउनलोड र अपलोड स्पिड प्रदान गर्दछ । हाल इन्टरनेट वितरणको लागि प्रयोग गरिने मुख्य विधि गिगाबिट प्यासिभ नेटवर्क मा आधारित छ । हाल गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क प्रविधि इन्टरनेट वितरणको लागि प्रयोग गरिने प्राथमिक विधि हो । जसको अधिकतम डाउनलोड गति २.४ जीबीपीएस र १.२ जीबीपएिस सम्मको सिमिट्रिक अपलोड र डाउनलोड स्पिड प्राप्त गर्न सकिन्छ ।
भायानेट कम्युनिकेसनले नेपालको पहिलो २ जीबीपएिस इन्टरनेट सेवा उपलब्ध गराउन यो प्रविधि छनोट गरेको हो ।

Esewa
Crest

एक्सजीएस पोन मार्फत कम्पनीले नेपाललाई इन्टरनेटको नयाँ दुनियाँमा प्रवेश गराउने विश्वास लिएको छ । अब ग्राहकहरुले तीव्र गतिको डाउनलोड र अपलोडका साथै सिमलेस स्ट्रिमिङ र उत्कृष्ट गेमिङको अनुभव लिन सक्नेछन् । यसले कम्पनीलाई भर्चुअलरियालिटिहाई रिजोलुसन भिडियो स्ट्रिमिङ, मल्टि डिभाइस भिडियो स्ट्रिमिङ र क्लाउड कम्प्युटिङ जस्ता नयाँ नयाँ इन्टरनेटको प्रयोगको लागि तयार राख्ने छ।

हालका लागि नयाँ एक्सजीएस फाइबर प्रविधिमा आधारित उत्पादनहरूको एक्सजीएस एक्सट्रिम लाइन अप काठमाडौं उपत्यकाका चुनिएका क्षेत्रहरूमा मात्र उपलब्ध छ। यद्यपि भायानेट छिट्टै आफ्ना एक्सजीएस उत्पादनहरूको कभरेज उपत्यकाभरी बनाउन प्रतिबद्ध रहेको छ।

सन् १९९९ मा स्थापना भएको भायानेट कम्युनिकेशन लि। नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकहरू मध्ये एक हो। दुई दशकभन्दा बढीको अनुभवका साथ भायानेट कम्युनिकेसनले नेपालभरका घर तथा व्यवसायहरूका लागि उच्च गतिको इन्टरनेट र उत्कृष्ट टिभी सोलुसनहरू उपलब्ध गराउँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS