Connect IPS
IME Life

तरल राजनीतिले तरङ्गित बन्दै शेयर बजार, नेप्से सूचक १५.७६ अंकले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राजनीतिक अस्थिरताले गर्दा शेयर बजारमा अझै सुधारको संकेत देखिएको छैन । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पछि शेयर बजारमा सुधार देखिने विश्लेषण पनि गलत भएको छ । बागमती सरकारको विषयमा सत्ता गठबन्धन विच स्पष्ट कुरा सार्वजनिक नहुँदा अहिलेको गठबन्धन प्रति थप संका पैदा भएको छ । यसैले गर्दा बुधबार नेप्से सूचक १५.७६ अंकले घट्यो ।

सत्ता गठबन्धनले अझै पनि सरकारमा को को जाने भनेर टुङ्गो लगाउन सकेका छैनन् । बागमती प्रदेशमा नेकपा माओवादीका तर्फबाट मुख्यमन्त्री रहेका छन् । उनलाई राप्रपा र एमालले विश्वासको मत दिएका थिए । तर अहिले केन्द्रिय सत्ताबाट दुबै दल बाहिरिसकेका छन् । दुबै दल प्रदेश सरकारबाट बाहिरिने वित्तीकै माओवादीको सरकार थप धरापमा पर्नेछ ।

Prabhu
Crest

यसका लागि नेपाली कांग्रेस र माओवादीको आधिकारिक धारणा सार्वजनिक भएको छैन । यहि तरल राजनीतिले शेयर बजारलाई नै तरङ्गित बनाएको छ । यसै क्रममा बुधबार कारोबार सुरु हुने वित्तीकै केहि सुधार देखिए पनि तत्काल घट्न थालेको थियो ।

आज एक अर्ब ३३ करोडको कारोबार भएको छ । जसमा १६६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ३८ कम्पनीको शेयर मूल्यमा सुधार देखिन्छ । सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS