Connect IPS
IME Life

वैदेशिक रोजगारीमा जानु भएको छ ? यसरी जोडिनुहोस् सामाजिक सुरक्षा कोषमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका र जाने तयारीमा रहेका श्रमिकले पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पाउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज औपचारिक रुपमा उद्घाटन गरेसँगै विदेशमा भएका नेपालीले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सक्ने छन् ।

रोजगारीको सिलसिलामा विश्वका विभिन्न मुलुकमा करिब ४० लाख नेपाली कार्यरत छन् । उर्जाशिल समय वैदेशिक रोजगारीमा विताउने र नेपाल फर्किएपछि पुनः आर्थिक समस्याले ग्रसित हुने गरेका छन् । साथै वैदेशिक रोजगारीमा रहेका बेला दुर्घटनामा परि अंगभंग भएका नेपाली श्रमिकको पारिवारिक अवस्था दयनिय हुने भएपछि सरकारले सामाजिक सुरक्षा कोषको व्यवस्था गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण अर्यालले बताए ।

Prabhu
Crest

आफूसँगै परिवारको भविष्य सुनिश्चित गर्नका लागि नेपाल सरकारले अघि सारेको योजनामा अनलाइन माध्यमबाटै सहभागी हुन सकिन्छ । वैदेशिक रोजगारीमा भएका श्रमिकलाई तीन प्रकारबाट योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराइने कोषले जनाएको छ । जसमा,

१.पहिलो पटक वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका

यसका लागि वैदेशिक रोजगार विभागको वेवसाइटमा गई व्यक्तिगत तवरबाट अथवा म्यानपावर एजेन्सी मार्फत सूचिकरणका लागि निवेदन दिन सकिन्छ । वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका श्रमिकले श्रम स्वीकृति लिनुपूर्व उक्त निवेदन लिई निवेदन स्वीकृत भएको हुनुपर्दछ ।

२.श्रम स्वीकृति लिई विदेश गएका र रोजगारीमा रहेका

विदेशमा भएका श्रमिकले श्रम स्वीकृति नविकरण गर्ने समयमा विभागको वेवसाइट मार्फत कोषमा आवद्ध हुनका लागि आवेदन भर्न सक्नेछन् । यसरी आवेदन दिएपछि श्रम स्वीकृति पत्रसँगै कोषमा आवद्ध भएको पत्र प्राप्त गर्न सक्नेछन् । यसका लागि श्रमिहरुले प्रत्येक महिना २ हजार २ रुपैयाँ रकम जम्मा गर्नु पर्नेछ । साथै यो रकम अग्रिम रुपमा समेत जम्मा गर्न सकिने व्यवस्था रहेको छ । सात महिना अथवा सोभन्दा बढीको अग्रिम जम्मा गरेको अवस्थामा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था रहेको छ ।

३.वैदेशिक रोजगारीमा रहेका तर श्रम स्वीकृति लिने समय नभएको

विदेशमा रहेका तर श्रम स्वीकृति नविकरण गर्ने समय नभएकाहरुले पनि यस कोषमा आवद्ध हुन पाउनेछन् । यसका लागि सामाजिक सुरक्षा कोषको वेवसाइटमा रहेको वैदेशिक रोजगार सूचिकरण भन्ने ‘आइकन’ भित्र रहेको नयाँ दर्तामा गएर आवेदन दिन सकिनेछ । सूचिकृत हुने समयमा सामाजिक सुरक्षाको कोड इमेल आइडीमा आउने र पासवर्ड रिसेट गर्नका निमित्त लिङ्क समेत प्राप्त हुने व्यवस्था रहेको छ ।

यसरी सूचिकरण भइसकेपछि रकम संकलनका लागि नेपालभित्र रहदा वा वैदेशिक रोगजारीमा रहेको समयमा नेपालका केहि रकम संकलन गर्ने माध्यमहरुलाई प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि श्रमिकले कनेक्ट आइपीएस, खल्ती, फोन पे, इ–सेवा लगाएतका एप तथा नेपालमा संचालनमा रहेका विभिन्न रेमिट कम्पनी मार्फत सोझै कोषमा जम्मा गर्न सक्ने छन् । यसरी रकम जम्मा गर्दा श्रमिकले प्रत्येक महिना भौचर प्राप्त गर्न सकिने व्यवस्था रहेको छ ।

यस्ता छन् सुविधा
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि योगदानकर्ताले विभिन्न सुविधा प्राप्त गर्न सक्नेछन् । जसमध्ये औषधि उपचार, स्वास्य तथा मातृत्व सुरक्षा योजना रहेको छ । यस योजना अन्तर्गत योगदानकर्ता र नीजको पति वा पत्नीको औषधि उपचार, मातृत्व सुविधा र विदाको तलब तथा शिशु स्याहार खर्च प्राप्त हुन्छ । योगदानकर्तालाई बीरामी बिदाको तलब साथै घातक रोगको उपचार खर्च समेत प्राप्त हुन्छ ।

यस योजनामा आवद्ध योगदानकर्ताले रोजगारीजन्य दुर्घटनामा परेमा उपचारको सम्पूर्ण खर्च, व्यवसायजन्य रोग लागेमा सम्पूर्ण खर्च प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ । साथै गैर रोजगारी दुर्घटनामा परेमा ७ लाखसम्मको उपचार खर्च र ६० प्रतिशत असक्तता पेन्सनको व्यवस्था रहेको छ ।

यससँगै योगदानकर्ताले बृद्धिअवस्थामा ससुरक्षा योजनामा जम्मा भएको रकमले एकमुष्ठ फिर्ता प्राप्त गर्ने व्यवस्था रहेको छ भने किरिया खर्च आश्रित श्रीमान् वा श्रीमती अथवा वुवा आमालाई आजीवन पेन्सनको व्यवस्था रहेको छ । यस योजना योगदानकर्ताको सन्ततीले अन्तर्गत २१ वर्षसम्म शैक्षिक वृद्धि प्रप्त गर्न सक्छन् ।

साथै अवकाश सुविधा अन्तर्गत ८.३३ प्रतिशत र थप रकम जम्मा हुने, पेन्सन सुविधा २० प्रतिशत जम्मा हुने र अवकाश सुविधा अवकाश हुँदा र पेन्सन सुविधा निवृत्तिभरण समेत प्राप्त गर्न सकिने व्यवस्था रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS