काठमाडौं । सिटी होटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्काशनका लागि स्वीकृति पाएको हो । बोर्डबाट होटलले चैत ५ गते अनुमति पाएको हो ।
कम्पनीले सर्वसाधारणका लागि १६ करोड ७४ लाख बराबरको १६ लाख ७४ हजार कित्ता आइपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । यो शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।