IME Life New

आइएमई लाइफको छैटौं वार्षिक साधारण सभा सम्पन्न, आइपीओ निष्काशनको तयारी अन्तिम चरणमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको छैटौं वार्षिक साधारण सभा लैनचौर बैंङक्वेटसमा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा रामहरि अर्यालले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , वर्तमान लेखापरीक्षक पिवाईसी एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सको तेस्रो वर्ष भएकोले पुनः नियुक्ति सिफारिस गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा कम्पनीको पूँजी संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले सर्वसाधारणलाई छुट्टाईएको शेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्ति लगायतका विषयमा छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ ।

सभामा बोल्दै सभाका सभापति डा. अर्यालले आर्थिक वर्ष २०७९/८० को पुष मसान्त सम्मको अपरिस्कृत विवरण अनुसार बीमाकोष २२.३१ प्रतिशतले बृद्धि भई ५ अर्ब ४७ करोड ९४ लाख पुगेको जानकारी दिए । उक्त अवसरमा डा. अर्यालले कम्पनिका अगाडि भएका चुनौतिहरुका बारेमा पनि बताए । साथै उनले सर्वसाधारणका निमित्त शेयर जारी गर्न भइरहेको आन्तरिक तयारी पनि अन्तिम अवस्थामा रहेको भन्दै जीवन बीमा कम्पनीहरु माझ अव्वल कम्पनीका रुपमा स्थापित गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उक्त अवसरमा कम्पनिका प्रमुख कार्यकारी अधिकृत कवि फुयांलले कम्पनीको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवा प्रति निरन्तर प्रतिबद्ध रहने कुरा बताए ।

सभाको अन्तमा सभाका अध्यक्षले कम्पनीकोे उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने शेयरधनी महानुभावहरु, नियामक निकायहरु, समस्त बीमितहरु, बैंक तथा वित्तीय संस्थाहरु, पुनर्बीमा कम्पनी, कर्मचारीहरु, अभिकर्ताहरु तथा सम्पूर्ण शुभेच्छुकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

10%
excited

उत्साहित

10%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS