काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेको छ । नेप्से परिसूचक ६ दशमलव ९० अंकले घटेर १,९२६ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मुल्य बढेको छ भने १२७ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै तीन कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज मानुषि लघुवित्त वित्तीय संस्था, यूनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभव पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ग्रिन भेञ्चरका लगानीकर्ताले ७ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् ।